मृगौला पीडित गुरुङलाई लामा अमृत फाउण्डेशनको आर्थिक सहयोग

पाेखरा | फागुन ३०, २०८०

मृगौला पीडित गुरुङलाई लामा अमृत फाउण्डेशनको आर्थिक सहयोग

पोखरा:   मृगौला पीडित विवेक गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले आर्थिक सहयोग गरेका छन् । फाउण्डेशनका संस्थापक गुरुङले देश तथा विदेशबाट संकलन भएको ९० हजार ५ सय ५  रुपैयाँ मृगौला पिडित गुरुङलाई आज निवासमै पुगेर हस्तान्तरण गरे । 


कास्कीको मादी गाउँपालिका–७ घर भई पोखरा बस्दै आएका २५ वर्षीय विवेक गुरुङले विगत एक वर्षदेखि डायलासिस गर्दै आएका छन् । 


परिवारको आर्थिक अवस्था कमजोर भएपछि गुरुङको उपचारार्थमा सहयोग पु¥याउने उद्धेश्यले सहयोग संकलन गरेर आर्थिक सहयोग गरेको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले बताए । 


‘लामा अमृत फाउण्डेशन घान्द्रुकले खेलकुददेखि सामाजिक कार्यमा सहयोग गर्दै आएको छ’, संस्थापक गुरुङले भने, ‘मृगौला पिडित विवेक गुरुङको परिवारले उपचारमा सहयोग गर्न अपिल गरेपछि सहयोग संकलन गरेर परिवारलाई हस्तान्तरण गरेको छु । र सबैलाई सक्दो सहयोग गर्नसमेत अपिल गर्दछु ।’


मृगौला पीडित विवेकको उपचारका लागि देश तथा विदेशमा रहेका नेपाली दाजुभाईबाट सहयोग संकलन गरेर हस्तान्तरण गरेको फाउण्डेशनका संस्थापक गुरुङले बताए । 


परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न विवेककी आमा चुनमाया गुरुङले अपिल गरिन् । 


‘छोरा भर्खर २५ वर्ष पुगेको छ, कमाउने उमेरमा छोरालाई यस्तो रोगले समायो’, गुरुङले भनिन्, ‘म आफै मृगौला पीडित छु, दुईवर्ष अगाडि एउटा मृगौला फाले, छोराको उमेर छ कमाउला भन्ने आशा छ, छोराको मृगौलाको उपचारको लागि सहयोग गर्न सबैलाई अपिल गर्छु ।’


मृगौला पीडित विवेक गुरुङलाई सहयोग गर्न प्रिती गुरुङको लक्ष्मी सनराइज बैंकको खाता नम्बर ११००६७८१९४२२५००१ मा सहयोग गर्न सक्ने परिवारले जनाएको छ ।

काठमाडौं:   नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्।  नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनक...

थप पढ्नुहोस्

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गोर्खा मिडियाका प्रबन्धक निर्देशक रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिइएको छ । बिहीबार (पुस ३) उच्च अदालत तुलसीपुरको बुटवल इजलास...

थप पढ्नुहोस्